नेपाल विद्यार्थी सं‌घले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला जलाए

2.8kViews

काठमाडौँ– नेपाल विद्यार्थी सं‌घले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोविरुद्ध प्रदर्शन गरेको छ।

राजधानीको शंकरदेव क्याम्पस अगाडि नेविसंघले ओली र महतो पुतला जलाएर प्रदर्शन गरेको हो। प्रदर्शनकारीहरुले महतोले विखण्डनकारी अभिव्यक्ति दिएको भन्दै देश निकाला गर्न माग गरेका छन्।

केही दिनअघि उपप्रधानमन्त्री महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलन गर्ने’ अभिव्यक्ति दिएका थिए।

महतोको उक्त भनाइको चौतर्फी विरोध भइरहेको छ भने त्यसको प्रधानमन्त्री ओलीले जवाफ दिनपर्ने माग पनि उठिरहेको छ।

Leave a Reply