नेपालमा ५ लाख बढी संक्रमणमुक्त, मृत्यु हुनेकाे संख्या पनि ८ हजार नाघ्यो

2.4kViews
५१५३ जना संक्रमित थपिए, ६५ सय बढी निको भए
COVID-19_Update

पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् । कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा पीसीआर विधिबाट कूल संक्रमितको संख्या ५ लाख ९५ हजार ३६४ जना पुगेको छ भने एन्टिजेन विधिबाट हालसम्म १५ हजार ९४४ जनामा संक्रमण पुष्टि भएको छ ।

cheeze-ads-eonlinepatrika

यही अवधिमा थप ६ हजार ५७० जना निको भएका छन् । हालसम्म ५ लाख ४ हजार ५३० जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर बढेर ८४.७ प्रतिशत पुगेको छ ।
कोभिड–१९ को संक्रमणबाट थप १०८ जनाको मृत्यु भएको छ । कोभिड–१९ को संक्रमणबाट ८ हजार ९८ जनको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।

Leave a Reply