उपेन्द्र यादव र विमलेन्द्र निधी बिच भेटघाट :

3.5kViews
Yadav-Nidhi


नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश २ मा कांग्रेसलाई मुख्यमन्त्री बनाउन जनता समाजवादी पार्टी (जसपा) समक्ष प्रस्ताव गरेका छन्। उपसभापति निधिलाई भेट्न शुक्रबार उनको निवास पुगेका जसपा अध्यक्ष उपेन्द्र यादवसमक्ष उनले यस्तो प्रस्ताव गरेका हुन्। जसपामा विवाद चुलिएसँगै प्रदेश २ मा सरकार परिवर्तनको चर्चा सुरू भएको बेला अध्यक्ष यादवले कांग्रेस उपसभापति निधिलाई भेटेका हुन्।
१०७ सदस्यीय प्रदेशसभामा जसपाका ५५ सांसद छन् । जसपाको यादव पक्षसँग ३० र ठाकुर पक्षसँग २५ जना छन् । त्यस्तै नेपाली कांग्रेसको १९, नेकपा एमालेका २१, माओवादी केन्द्रका ११, अन्य दुई सांसद छन् । त्यसमध्ये माओवादी केन्द्रले चार जनालाई निष्कासन गरेर एक जनालाई मनोनीत गरिसकेका कारण प्रदेशसभा १०४ सदस्यीय भएको छ । प्रदेश २ मा सरकार निर्माणका लागि ५३ सांसद आवश्यक पर्छ ।

Leave a Reply